Home » » लिवियाका पुर्व शासक गद्धाफीका छोरालाई फासीको सजाय

लिवियाका पुर्व शासक गद्धाफीका छोरालाई फासीको सजाय

Written By Unknown on Tuesday, July 28, 2015 | 3:53 AM

साउन १२ 
लिवियाको एक अदालतले पुर्व शासक मोहम्मर गद्धाफीका छोरा सेफ अल स्लामलाई फासीको सजाय सुनाएको छ । लिवियामा सन् २०११ मा भएको विद्रोहलाई लिएर युद्ध अपराध अन्र्तगत अदालतले उनी लगायत अन्य ८ जनालाई फासीको सजाय सुनाएको हो ।सन् २०११ मा भएको गद्धाफी विरुद्धको आन्दोलनलाई दबाएको अभियोगमा अदालतले यस्तो सजाय सुनाएको हो । फैसालाको बेला उनी अदालतमा उपस्थित थिएनन् ।उनी पुर्व  विद्रोही समुहको कब्जामा रहको छन् र उनलाई छोडन सो समुहले अस्वीकार गरेको छ ।
Share this article :

Post a Comment

 
Relation FM: Run By | Relation Prasaran Pvt. Ltd.
Copyright © 2011. Relation FM 88 MHz - All Rights Reserved
Hosted by: Mero Server International
Web Design By: Rijan KC