श्रावण १२
मलेसियाका प्रधानमन्त्री नजिव राजाकले उपप्रधानमन्त्री मुहिद्दिन यासिनलाई बर्खास्त गरेका छन् । वित्तीय घोटालामा प्रधानमन्त्री राजाक संलग्न रहेको आरोप लागेपछि यासिन बर्खास्तीमा परेका हुन् । प्रधानमन्त्री राजाकले वन मलेसिया डेभलपमेन्ट बेरहादको सरकारी कोषबाट करिब ७ सय मिलियन डलर व्यक्तिगत खातामा जम्मा गरेको आरोपलाई अस्वीकार गर्दै आएका छन् । सन् २००९ को यो कान्डको छानबिन गरिरहेका महान्यायाधिवक्ता अब्दुल घानी पाताइललाई पनि बर्खास्त गरिएको त्यहाँको सरकारी सञ्चारमाध्यमले जनाएको छ । मलेसिया डेभलपमेन्ट बेरहादले प्रधानमन्त्री नाजिबलाई कहिल्यै पनि रकम नदिएको जनाएको छ ।
Post a Comment