Home » » चीनमा भेटियो नक्कली आइफोन बनाउने कम्पनी

चीनमा भेटियो नक्कली आइफोन बनाउने कम्पनी

Written By Unknown on Monday, July 27, 2015 | 11:41 PM


साउन १२ 
चीनमा एप्पलको नक्कली आइफोन बनाउने कम्पनी फेला परेको छ । अनुसन्धानका लागि घटिएको अमेरिकी अधिकारीको टोलीले नक्कली आइफोन बनाउने कम्पनीमा छापा मारी त्यसमा कार्यरत ९ जनालाई पक्राउ गरेको छ । कम्पनीमा सयौंको संख्यामा कामदारले काम गर्ने गरेका थिए । उनीहरुले विभिन्न ब्रान्डाका पुराना स्मार्टफोनका पाटपुर्जा मिलाएर नयाँ आइफोन बनाउने गरेका थिए । श्रीमान श्रीमती मिलेर चलाएको कम्पनीले अहिलेसम्म एक करोड ९० लाख अमेरिकी डलर भन्दा धेरै मुल्य पर्ने ४१ हजार वटा नक्कली आइफोन बनाएको अधिकारीले बताएका छन् । गएको मे १४ मानै यो कम्पनीका बारेमा थाहा पाएको भएपनि बेइजिङका अधिकारीले आइतबार मात्रै यस विषयमा जानकारी दिएका हुन् । चीनको राजधानी बेइजिङबाट उत्तरतर्फको बाहिरी क्षेत्रमा रहेको कम्पनीमाथिको अनुसन्धान गएको जनवरी महिनामा सुरु भएको थियो । चीनमा आइफोन मात्रै नभएर अन्य सामग्रीको पनि नक्कली उत्पादन हुने गरेकाले त्यस्ता साम्रगी उत्पादनलाई निरुत्साहित गर्ने गरी संयुक्त रुपमा काम गर्न अमेरिकी अधिकारी र चिनिया अधिकारी सहमत भएका छन् । चीनको कुनमिङ शहरमा चार वर्ष अघि नक्कली एप्पल स्टोर पनि भेटिएको थियो ।
Share this article :

Post a Comment

 
Relation FM: Run By | Relation Prasaran Pvt. Ltd.
Copyright © 2011. Relation FM 88 MHz - All Rights Reserved
Hosted by: Mero Server International
Web Design By: Rijan KC