Home » » रोनाल्डो भन्दा हजार्ड उत्कृष्ट

रोनाल्डो भन्दा हजार्ड उत्कृष्ट

Written By Unknown on Monday, July 27, 2015 | 11:33 PM

साउन १२ 
इंग्लिस क्लब चेस्लीका प्रशिक्षक जोस मोरिन्होले क्रिष्टियानो रोनाल्डो भन्दा इडेन हजार्ड उकृष्ट रहेको बताएका छन् । गएको सिजनामा स्पेनिस क्लब रियल मड्रिडका स्टाइकर रोनाल्डो भन्दा चेल्सीका हजार्डले राम्रो खेल प्रदर्शन गरेको मोरिन्होेको दाबी छ । रोनाल्डो लामो समयदेखि विश्वका उत्कृष्ट दुई खेलाडीको सूचीमा रहँदै आएका छन् । कहिले बार्सिलोनाका लियोनल मेस्सी त कहिले उनी वर्ष खेलाडी बन्दै आएका छन् । तर माउरिन्ह्योले भने व्यक्तिगत उपाधिले भन्दा पनि टिमले प्राप्त गरेको सफलता र त्यसमा खेलाडीको योगदानले उत्कृष्ट खेलाडी निर्धारण गर्ने बताएका छन् । 


रोनाल्डोले गएको सिजनमा व्यक्तिगत ६१ गोल गरेपनि उनको टिमले कुनै पनि महत्वपूर्ण उपाधि जित्न सकेको थिएन । रोनाल्डो एक उत्कृष्ट खेलाडी हुँदाहुँदै पनि गएको सिजनमा उनी त्यती सफल नरहेको मोरिन्होेको बुझाइछ । गएको सिजनको प्रदर्शनका आधारमा हेजार्ड र रोनाल्डोका विषयमा को अगाडी भन्ने विषयमा छलफल गर्न सकिने तर गएको सिजनमा बार्सिलोनाका मेस्सी नै  एक नम्बरमा रहेको मोरिन्होेले बताए । टिमले कुनै पनि उपाधि नजिते कुनै एक खेलाडीले जति नै राम्रो प्रदर्शन गरेपनि उसलाई उत्कृष्ट मान्न नसकिने भन्दै मोरिन्होेले मेस्सीले आफ्नो टिमलाई गएको सिजनमा तीन वटा उपाधि दिलाएकाले  उनी गएको सिजनका सबैभन्दा उत्कृष्ट खेलाडी भएको बताए ।
Share this article :

Post a Comment

 
Relation FM: Run By | Relation Prasaran Pvt. Ltd.
Copyright © 2011. Relation FM 88 MHz - All Rights Reserved
Hosted by: Mero Server International
Web Design By: Rijan KC