Home » » पोखराका ५ पेट्रोल पम्पलाई कारवाही

पोखराका ५ पेट्रोल पम्पलाई कारवाही

Written By Unknown on Monday, July 27, 2015 | 11:22 PM

साउन १२ 
गुणस्तर तथा नापतौल विभागले पोखराका पाँच वटा पेट्रोल पम्पलाई कारवाही गरेको छ । पेट्रोल पम्पको छड्के अनुगमनका क्रममा कम पेट्रोल बेचेको भेटेपछि कारवाही गरिएको विभागले जनाएको छ ।दुई वटा पेट्रोल पम्पको विषयमा अझै पनि अनुसन्धान भैरहेको तथा अन्य ३ वटा पेट्रोल पम्पलाई सामान्य कारवाही गरिएको गुणस्तर तथा नापतौल कार्यालय पोखराका वरिष्ठ निरीक्षक मनोजकुमार पोखरेलले बताउनुभयो । गुणस्तर तथा नापतौल कार्यालय कास्कीका विभागीय वरिष्ठ निरीक्षक राकेशकुमार झा नेतृत्वको टोलीले अनुगमन गर्दा कमजोरी भेटेपछि गण्डकी पेट्रोलियम कम्पनी अमरसिंहचोक र श्रीओम पेट्रोलियम टेडर्स चाउथे विरुद्ध कारवाही प्रक्रिया अघि बढाएको हो । १० लिटर पेट्रोल भर्दा २० देखि ४० एमएलसम्म कम भए खासै त्रुटि नमानिने भएपनि दुवै पम्पमा ३ सय एमएलसम्म कम भएपछि अनुसन्धानका लागि बन्द गरिएको हो । गण्डकी पेट्रोलियम टेडर्सका दुई वटा पेट्रोलको नोजल र श्री ओमको डिजल, पेट्रोल दुवैको नोजल बन्द गरेको पोखरेलले बताउनुभयो । यी दुवै पम्पलाई उपभोक्ता संरक्षण ऐन अनुसार डेढ महिनासम्म बन्द गरेर अनुसन्धान गर्न सकिनेछ । अनुगमनका क्रममा पन्चरत्न आयल स्टोर्स बसपार्क, बराल आयल डिष्ट्रिव्युटर्स र कमला आयल स्टोर्स नागढुंगााबाट पेट्रोल दिँदा ५० एमएल कम भएपछि उनीहरुलाई एक एक हजार रुपैयाँ जरिवाना गरीएको छ ।
Share this article :

Post a Comment

 
Relation FM: Run By | Relation Prasaran Pvt. Ltd.
Copyright © 2011. Relation FM 88 MHz - All Rights Reserved
Hosted by: Mero Server International
Web Design By: Rijan KC