श्रावण ११
श्रीलंकाले पाकिस्तानबिरुद्धको एक दिवसीय क्रिकेट शृङ्खलाअन्तर्गत पाँचौ तथा अन्तिम खेलमा उत्कृष्ट प्रदर्शन गरेको छ । घरेलु मैदानमा सम्पन्न खेलमा श्रीलंकाले पाहुना टोली पाकिस्तानलाई १ सय ६५ रनको बिशाल अन्तरले पराजित गर्यो । टस जितेर पहिले ब्याटिङ रोजेको श्रीलंकाले निर्धारित ५० ओभरमा ४ विकेट गुमाउँदै ३ सय ६८ रनको विशाल योगफल खडा गरेको थियो । जुन पाकिस्तान बिरुद्ध श्रीलंकाको अहिलेसम्मकै सर्वाधिक स्कोर हो । श्रीलंकाका लागी कुशल परेराले सर्वाधिक १ सय १६ रनको योगदान गरे । जबाफमा ३ सय ६९ रनको चुनौतिपूर्ण लक्ष्य पछ्याएको पाहुना टोली पाकिस्तान ३८ औं ओभरमा २ सय ३ रनमै समेटियो । श्रीलंकालाई फराकिलो जित दिलाउने क्रममा सचित्र सेनानायकेले ३ विकेट लिए । यसअघि नै ५ खेलको एक दिबसिय शृङ्खला भने अन्तिम खेल खेल्नु अघि नै पाहुना टोली पाकिस्तानले जितिसकेको छ । गए राति सम्पन्न खेलमा पाकिस्तान बिरुद्ध ६२ रन बनाएका तिलक रत्ने दिलसानले एकदिबसिय क्रिकेटमा १० हजार रन समेत पुरा गरेका छन् । उनी एक दिबसिय क्रिकेटमा १० हजार रन बनाउने श्रिलंकाको चौथा तथा बिश्वको ११ औ खेलाडी बनेका छन् ।
Post a Comment