Home » » आमाद्वारा निर्ममतापूर्वक तीन छोरीको हत्या

आमाद्वारा निर्ममतापूर्वक तीन छोरीको हत्या

Written By Unknown on Sunday, July 26, 2015 | 11:53 PM

श्रावण ११ 
भारतको झारखण्ड राज्यमा एक महिलाले आफ्ना तीन छोरीको हत्या गरेकी छन् । धारिलो हतियार प्रयोग गरी उनले छोरीहरुको हत्या गरेकी हुन् । प्रहरीलाई उद्धृत गर्दै भारतीय संचारमाध्यमले जनाएअनुसार झारखण्डको लातेहार जिल्लाको रहताखण्ड गाउँमा सो घटना भएको हो । तीनै छोरी सुतिरहेको समयमा ती महिलाले हत्या गरेकी हुन् । छोरीहरुको हत्यापछि ती महिलाले विष सेवन गरी ईनारमा हामफालेर आत्महत्याको प्रयास गरेकी थिइन् । तर गाउँलेले उनलाई कुवामा हामफालेको देखेपछि उद्धार गरेका थिए । आशादेवी नाम गरेकी ती महिलाई झारखण्डकै एक अस्पतालमा उपचारका लागि भर्ना गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार तीन बालिकाको शव पोस्टमार्टमपछि आफन्तलाई बुझाइएको छ । प्रारम्भिक अनुसन्धान अनुसार ती महिलालाई उनका पतिले छोरा नजन्माएको भन्दै बारम्बार प्रताडित गर्दै आएका थिए । सोही कारण उनले छोरीहरुको हत्या गरेर आत्महत्याको प्रयास गरेको प्रहरीको ठहर छ । घटनालगत्तै केहीबेर बेपत्ता भएका ती महिलाका पति सुदामा सिंहलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान थालेको छ ।

Share this article :

Post a Comment

 
Relation FM: Run By | Relation Prasaran Pvt. Ltd.
Copyright © 2011. Relation FM 88 MHz - All Rights Reserved
Hosted by: Mero Server International
Web Design By: Rijan KC