Home » » टुर डे फ्रान्स साइक्लिङको उपाधि क्रिष्टोफर फ्रुमलाई

टुर डे फ्रान्स साइक्लिङको उपाधि क्रिष्टोफर फ्रुमलाई

Written By Unknown on Monday, July 27, 2015 | 2:26 AM

श्रावण ११  
यस वर्षको टुर डे फ्रान्स साईक्लिङको उपाधि बेलायती राइडर क्रिष्टोफर फ्रुमले जितेका छन् । फ्रान्सको पेरिसमा आइतबार राती सकिएको अन्तिम चरणपछि फ्रुमले उपाधि पक्का गरेका हुन् । २१ चरणको रेसमा फ्रुमले दोस्रो स्थानका कोलम्बियन राइडर नाइरो कुईन्टाना माथि ७२ सेकेण्डको अग्रता बनाए । यसपटक स्पेनका अलजान्द्रो भालभर्दे तेस्रो स्थानमा आए भने इटालीका भिन्सेन्जो निबाली चौथो तथा स्पेनका अल्बर्टो कोन्टाडोर पाँचौ स्थानमा आए । यसपटक उपाधि जितेपछि क्रिष फ्रुम दुई पटक टुर डे फ्रान्स जित्ने पहिलो बेलायती साइकल राईडर बनेका छन् । बेलायती राईडर क्रिश फ्रुमले यसअघि सन् २०१३ मा टुर डे फ्रान्सको उपाधि जितेका थिए । अघिल्लो संस्करण भने इटालीयन राइडर निबालीले जितेका थिए ।

Share this article :

Post a Comment

 
Relation FM: Run By | Relation Prasaran Pvt. Ltd.
Copyright © 2011. Relation FM 88 MHz - All Rights Reserved
Hosted by: Mero Server International
Web Design By: Rijan KC