Home » » मलेसियाको एक कम्पनीमा नेपाली कामदारमाथिको ज्यादती हट्यो

मलेसियाको एक कम्पनीमा नेपाली कामदारमाथिको ज्यादती हट्यो

Written By Unknown on Monday, July 27, 2015 | 3:45 AM

साउन ११ 
मलेसियाको क्लाङ मेरुमा रहेको टप ग्लोब कम्पनीमा कार्यरत नेपाली कामदारमाथिको ज्यादती हटेको छ । उज्यालो अनलाइनमा त्यहाँ कार्यरत नेपाली कामदारमाथि भएको ज्यादतीको बारेमा समाचार प्रकाशित भएपछि आफूहरुका अधिकांश समस्या समाधान भएको त्यहाँ कार्यरत नेपालीले जानकारी दिएका छन् ।कम्पनीले खानाका लागि भनेर पैसा लिने तर समयमा र पेटभरी खाना खान नदिने, कम्पनीले सुरक्षाका लागि खटाएका अस्थायी सुरक्षाकर्मीले नै ज्यादती गर्ने गरेको खबर उज्यालो अनलाइनमा समाचार प्रकाशित भएको थियो ।
तर अहिले भने यी समस्या समाधान भएको र आफूहरुले आनन्दको सास फेर्न पाएको टप ग्लोब कम्पनीमा कार्यरत नेपालीले बताएका छन् । अहिले आफूहरुले समयमै पेटभरी खाना खान पाएको, धेरै बेरसम्म लाइन समेत बस्न नपरेको कम्पनीमा कार्यरत लमजुङका एक नेपाली कामदारले बताए । त्यसैगरी अहिले कम्पनीले खटाएका अस्थायी सुरक्षाकर्मीले समेत पहिला जस्तो दुःख दिन छाडेको सिन्धुली घर भई १८ महिनादेखि कम्पनीमा कार्यरत अर्का नेपालीले बताए । समाचार प्रकाशित भएपछि मलेसियास्थित नेपाली दूतावासले तत्कालै कम्पनी प्रतिनिधिलाई दूतावासमा बोलाएर नेपाली कामदारका समस्याका बारेमा छलफल गरेको दूतावासका श्रम सहचारी बुद्धिनाथ भट्टराईले जानकारी दिनुभयो । छलफलमा कम्पनीका प्रतिनिधिले नेपाली कामदारको पक्षमा रहेर आवश्यक निर्णय गरी काम गर्ने सहज वातावरण सिर्जना गर्ने प्रतिबद्धता जनाएको भट्टराईले बताउनुभयो । टप ग्लोबमा पाँच हजार भन्दा धेरै नेपाली कामदार कार्यरत छन् ।
Share this article :

Post a Comment

 
Relation FM: Run By | Relation Prasaran Pvt. Ltd.
Copyright © 2011. Relation FM 88 MHz - All Rights Reserved
Hosted by: Mero Server International
Web Design By: Rijan KC