Home » » भारतका पूर्व राष्ट्रपति कलामको निधनप्रति प्रधानमन्त्री कोइरालाद्वारा शोक व्यक्त

भारतका पूर्व राष्ट्रपति कलामको निधनप्रति प्रधानमन्त्री कोइरालाद्वारा शोक व्यक्त

Written By Unknown on Monday, July 27, 2015 | 10:26 PM

साउन १२ 
प्रधानमन्त्री सुशील कोइरालाले भारतका पूर्व राष्ट्रपति डा। एपिजे अब्दुल कलामको ८४ वर्षको उमेरमा निधन भएकोमा दुःख व्यक्त गर्नुभएको छ ।प्रधानमन्त्रीद्वारा जारी विज्ञप्तिमा पूर्व राष्ट्रपति डा। कलामको निधनको खबरले अत्यन्त मर्माहत भएको र यस दुःखद् घडीमा उहाँप्रति हार्दिक श्रद्धाञ्जलि प्रकट गर्दै उहाँको दिवङ्गत आत्माको चीरशान्तिको कामना गर्दछु भनिएको छ । प्रधानमन्त्री कोइरालाले भारत शोकाकुल भएको यस क्षणमा आफ्नो व्यक्तिगत, नेपाल सरकार र नेपाली नागरिकका तर्फबाट भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र उहाँमार्फत भारत सरकार, कलामका स्वजनसहित समस्त भारतीय नागरिकमा हार्दिक समवेदना प्रकट गर्नुभएको छ ।   संसारको सबैभन्दा ठूलो प्रजातान्त्रिक मुलुक भारतलाई वैज्ञानिक क्षेत्रमा उन्नति र प्रगतिको मार्गमा हिँडाउन डा। कलामले गर्नुभएको योगदान अविश्मरणीय रहेको चर्चा गर्दै प्रधानमन्त्री कोइरालाले उहाँको निधनबाट भारतले मुलुकको उन्नति र प्रगतिप्रति सदा समर्पित पूर्व राष्ट्रपति र वैज्ञानिक गुमाएको उल्लेख गर्नुभएको छ ।  प्रधानमन्त्रीले भन्नुभएको छ नेपालले एक असल मित्र गुमाएको छ । मैले एक श्रद्धेय एवम् आदर्श व्यक्तित्व सदाको लागि गुमाएको छु । प्रधानमन्त्रीले शोकको यस घडीमा समस्त भारतीय नागरिकलाई ईश्वरले धैर्य धारण गर्ने शक्ति प्रदान गरुन् भन्ने कामना गर्नुभएको छ ।
Share this article :

Post a Comment

 
Relation FM: Run By | Relation Prasaran Pvt. Ltd.
Copyright © 2011. Relation FM 88 MHz - All Rights Reserved
Hosted by: Mero Server International
Web Design By: Rijan KC