Home » » ग्रान्डी अस्पतालमा नाक कान घाँटीका लागि नयाँ सेवा सुरु

ग्रान्डी अस्पतालमा नाक कान घाँटीका लागि नयाँ सेवा सुरु

Written By Unknown on Tuesday, July 28, 2015 | 4:08 AM

 साउन १२ 
विरामीको सुविधालाई ध्यानमा राखेर ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालको नाक कान घाँटी बिभागले पछिल्लो पटक कानको शल्यकृयामा प्रयोग हुने इन्डोस्कोपिक इयर सर्जरी सेवा सुरु गरेको छ । कानको जाली बिग्रीएका बिरामीहरुमा इन्डोस्कोपिक ९टेलिस्कोप० प्रविधिले मध्ये कानको संक्रमण हटाउने, मध्य कानको हड्डीहरु ओसिकल्स बनाउने र जालीको स्थापना गर्ने काम गर्न यो प्रबिधि अत्यन्त उपयोगी रहेको अस्पतालले जनाएको छ । दहिने कानको जालीमा प्वाल परी समस्या भएका विरामी राज थापाको गत आइतबार इन्डोस्कोपिक प्रविधिवाट गरिने शल्यकृया इन्डोस्कोपिक टिम्प्यानोप्लाष्टीसमेत गरिएको  अस्पतालले जनाएको छ । ग्रान्डी अस्पतालका नाक कान घाँटी बिभागका प्रमुख डाक्टर प्रकाश काफ्लेले गरेको शल्यकृयामा एनेस्थेसियोलोजिष्ट डाक्टर मुरारी उप्रेती र डाक्टर अर्चन अधिकारी र डाक्टर अविनाशले साथ दिनु भएको थियो ।   अत्याधुनिक प्रविधिबाट शल्यकृया गर्दा समय कम लाग्ने, कानको पछाडि चिर्नु नपर्ने भएकाले घाउ नहुने  र मध्य कानको समेत बिस्तृत अध्ययन गर्न सकिने हुनाले यसलाइ ग्रान्डीले भित्र्याएको अस्पतालका मेडिकल डाइरेक्टर डाक्टर चक्रराज पाण्डेले जानकारी दिनुभयो ।
Share this article :

Post a Comment

 
Relation FM: Run By | Relation Prasaran Pvt. Ltd.
Copyright © 2011. Relation FM 88 MHz - All Rights Reserved
Hosted by: Mero Server International
Web Design By: Rijan KC