साउन १२
वैदेशिक रोजगारीका लागि साउदी अरव पुगेका रामेछापको मन्थली गाविसका खड्ककुमार श्रेष्ठको ज्यान गएको छ । सात महिनाअघि साउदी गएका मन्थली नगरपालिका ८ महादेबस्थानका श्रेष्ठको सुतेकै ठाउँमा ज्यान गएको हो । श्रेष्ठसँगै काम गर्ने हिन्दी भाषा बोल्ने साथीले छोराको सुतेकै अवस्थामा ज्यान गएको जानकारी टेलिफोनमा दिएको खड्ककुमारका बुवा हरिवहादुर श्रेष्ठले जानकारी दिनुभयो । उहाँ एसओएस मेनपावरबाट साउदी जानुभएको थियो । श्रेष्ठको शव नेपाल ल्याउन समस्या भएको छ । विदेश जाँदा श्रेष्ठले आफना कुनै कागजात नछोडेकाले म्यानपावर मार्फत कागजात झिकाएर शव ल्याउन प्रयास गरिरहेको रामेछापको मन्थलीमा रहेको सुचना तथा परामर्ष केन्द्रका कार्यक्रम संयोजक जीवनकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
Post a Comment