Home » » आज साउनको दोस्रो सोमबार,शिवमन्दिरहरुमा घुइचो

आज साउनको दोस्रो सोमबार,शिवमन्दिरहरुमा घुइचो

Written By Unknown on Monday, July 27, 2015 | 2:31 AM

साउन ११
आज साउन महिनाको दोस्रो सोमबार चितवनका बिभिन्न शिवालयहरुमा ब्रतालुहरुको भिड लागेको छ । प्रत्येक बर्ष साउनको सोमबार हिन्दू धर्माबलम्बी नारीहरुले भगवान शिवको बिशेष पूजा आराधना गर्ने गर्छन । चितवन,नवलपरासी र तनहुंको संगम देवघाटमा बोलबम मेला भर्नेको भिड लागेको छ ।देवघाटमा नेपालका अधिकांश जिल्लाका अतिरिक्त छिमेकी मुलुक भारतबाट समेत भक्तजनहरु आउने क्रम बढेको छ ।साउन महिनाको सोमबार शिवको ब्रत बसे मनले चिताएको पूरा हुने विश्वास रहेकाले देशभरिका शिब मन्दिरमा धर्मावलम्बीको भीड लागेको छ । विशेषगरी महिलाहरु हरियो रंगका चुरा, मेहंदी र गेरु बस्त्र लगाएर भगवान शिवको पूजा तथा आराधना गरी ब्रत बस्ने गर्छन् । ब्रतालु महिलाले बिहानैदेखि तलाउ, कुण्ड, नदीलगायत स्थानमा स्नान गरेर पवित्र भई मन्दिरमा गई महादेवलाई पूजाआराधना गर्छन् । उनलाई विशेषगरी जल, दूध, भाङ, धतुरो चढाइन्छ । साउनमा शिवजीको ब्रत गरेमा पारिवारिक सुख, समृद्धी, विद्या, धनलगायत विषयमा सफलता प्राप्त हुने शास्त्रमा उल्लेख छ । 
Share this article :

Post a Comment

 
Relation FM: Run By | Relation Prasaran Pvt. Ltd.
Copyright © 2011. Relation FM 88 MHz - All Rights Reserved
Hosted by: Mero Server International
Web Design By: Rijan KC