Home » » साउने सोमबारमा देवघाटधाममा बोल ॐ मेला भर्न जानेहरुको घुईचो

साउने सोमबारमा देवघाटधाममा बोल ॐ मेला भर्न जानेहरुको घुईचो

Written By Unknown on Monday, July 27, 2015 | 3:12 AM


साउन ११  
साउन महिनाको आज दोश्रो सोमबार, चितवन र तनहुको संगम स्थल देवघाटधाममा बोल ॐ मेला भर्न जानेहरुको घुईचो बढेको छ । साउने सोमवार देवघाटमा स्नान जर्न आउने भत्तजनको संख्यामा बृद्धि भएको देवघाट क्षेत्र विकास समितिले जानकारी दिएको छ । हजारौको सङख्यामा दर्शानार्थीहरु देवघाटमा बोल ॐ मेला भर्न पुगेका छन् । मेलालाई देवघाट क्षेत्र स्नान विकास समितिले व्यवस्थित गरेको छ । देवघाट क्षेत्र विकास समितिले भक्तजनलाई स्नान दर्शन गर्न सजिलो होस् भनेर बेनीघाटमा स्नान गर्न सम्भावित हुने दुर्घटनालाई मध्यनजर गरी विशेष सुरक्षा व्यवस्था समेत मिलाइएको देवघाट क्षेत्र विकास समितिका सदस्य टंकनाथ पौडेलले जानकारी दिए । साउन महिनामा देवघाटमा रहेको कालिगण्डकी र नारायणको संगमस्थल वेनीघाटमा स्नान गरी त्यहा“को जल लगेर भगवान महादेवलाई चढाए चारधामको पूण्य प्राप्त हुने तथा समृद प्राप्त हुने धामिर्क विश्वास छ । चितवन, नवलपरासी र तनहुँको सङ्गमस्थलमा रहेको देवघाटधाममा यो महिना लाखौँ धार्मिक पर्यटक आउने गर्दछन्। साउन महिनालाई वर्षकै पवित्र महिनाको रुपमा लिइन्छ। यो महिनाको साउने सोमबार भने झनै भक्तजनका लागि महत्वपूर्ण हुन्छ। यस्तै चितवनको महाकालेश्वर मन्दिर, गैंडाकोटको गोपेश्वर मन्दिर, माडी, रत्ननगरलगायत क्षेत्रका शिवालयमा पनि सोमबारे मेला अर्थात बोल ॐ मेला लाग्ने गर्दछ।महिला हरियो कपडा र चुरा तथा मेहन्दीमा सजिने गर्दछन् भने पुरुष पनि व्रत बसेर पूजा गर्ने गर्दछन्। देवघाटको पवित्र जल र बेलपत्रले शिवको पूजा आराधना गरे आफ्नो मनोकामना पूरा भई सुख शान्ति मिल्ने विश्वास छ। मेलामा साउनको हरेक सोमबार निराहार ब्रतबसी बिहान सबेरै स्नान गरेर बेलपत्र तथा गङ्गाजल शिवमन्दिरमा चढाउने गरिन्छ। यसरी चढाउँदा विवाहिता महिलाले आफ्नो श्रीमान्को दीर्घायु र परिवारको सुख समृद्धिको कामना गर्दछन् भने अविवाहिता महिलाहरुले असल श्रीमान्को कामना गर्दा मनोकामना पुरा हुने विश्वास रहेको छ ।
Share this article :

Post a Comment

 
Relation FM: Run By | Relation Prasaran Pvt. Ltd.
Copyright © 2011. Relation FM 88 MHz - All Rights Reserved
Hosted by: Mero Server International
Web Design By: Rijan KC