Home » » हरिशयनी एकादशी मनाईंदै, चतुर्मास व्रत सुरु

हरिशयनी एकादशी मनाईंदै, चतुर्मास व्रत सुरु

Written By Unknown on Sunday, July 26, 2015 | 11:23 PM

साउन ११ 
आज हरिशयनी एकादशी, भगवान विष्णुको पूजा आराधना गरी मनाईंदैछ । आजको दिन ब्रत बस्ने तथा आरोग्यदायक, महाऔषधीय गुण भएको तुलसी घरआँगनमा रोपेर भगवान विष्णुको प्रतीकका रुपमा पूजा गर्ने चलन छ ।पौराणिक कथन अनुसार मुर नामको दैत्यको आतंकबाट देवताहरुलाई मुक्ति दिलाउन भगवान विष्णुले ठूलो संघर्ष गर्नुपरेको र युद्धको थकानबाट विश्राम लिन बद्रीआश्रममा रहेको हेमवती गुफामा गई शयन गरेको भन्ने मान्यताका साथ आजको दिनलाई हरिशयनी एकादशी भनिएको हो । हरिशयनी एकादशी संगै आजैदेखि चतुर्मास ब्रत पनि शुरु भएको छ । भगवान विष्णु आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीको दिन शयन गरी कात्र्तिक शुक्ल एकादशीको दिन ब्यूँझने मान्यताका साथ चतुर्मास भरी विष्णुको पूजा गर्ने, ब्रत बस्ने चलन छ । 
Share this article :

Post a Comment

 
Relation FM: Run By | Relation Prasaran Pvt. Ltd.
Copyright © 2011. Relation FM 88 MHz - All Rights Reserved
Hosted by: Mero Server International
Web Design By: Rijan KC