साउन ११,
भारतको पञ्जाव राज्यमा आज बिहान अज्ञात बन्दुकधारीले एउटा प्रहरी चौकीलाई निशाना बनाएर हमला गरेका छन् । गुरुदासपुरमा भएको सो घटनामा कम्तीमा पनि ९ जनाको मृत्यु भएको छ । हतियारधारीले सुरुमा एउटा बसमा आक्रमण गरेका थिए । लगत्तै उनीहरुले एउटा प्रहरी चौकीमा आक्रमण गरेका छन् । गुरुदासपुरका जिल्ला आयुक्त डा. अभिनव त्रिखाका अनुसार हमलामा कयौं घाइते भएका छन् । भारतीय संचार माध्यम हरुले हमलाकारी हरु पाकिस्तानी सीमाबाट घुसपैठ गरेको जनाएका छन् । सो चौकी पाकिस्तानी सिमा बाट १५ किलोमिटरको दुरीमा रहेको छ ।
Post a Comment