श्रावण ११
अफ्रिकी राष्ट्र सोमालियाको राजधानी मोगादिसुमा एक होटलमा आतंकवादी हमला हुँदा कम्तीमा १३ जनाको मृत्यु भएको छ भने अन्य ४० जनाभन्दा बढी घाइते भएका छन् । विमानस्थल नजिकै एउटा होटललाई आतंकवादीहरुले निशाना बनाएका हुन् । होटल ‘जजिरा प्यालेस’ मा विस्फोट गराउन एउटा मोटर प्रयोग गरिएको थियो । सोमालियाको उग्रवादी समूह ‘अल शबाब’ले हमलाको जिम्मा लिएको छ । अल कायदासँग निकट सम्बन्ध रहेको सो समूहले आफ्ना विरुद्ध अफ्रिकी संघका सेना र सोमालिया सरकारले गरेको हमलाको जवाफस्वरुप यो आक्रमण भएको हो ।
Post a Comment