Home » » बालकको बली दिएको घटनाबारे छानबिनको माग

बालकको बली दिएको घटनाबारे छानबिनको माग

Written By Unknown on Monday, July 27, 2015 | 2:42 AM

साउन ११
संसदको आइतवारको बैठकमा नवलपरासीका सभासद्हरुले नवलपरासीमा बालकको बली दिएको घटना प्रति सरकारको ध्यानाकर्षण गराएका छन् ।सभासदहरु बैजनाथ चौधरी, दुलारी हरिजन र बिक्रम खनालले बालकलाई बली दिएको घटनामा सरकारले नैतिक जिम्मेवारी लिनुपर्ने बताउँदै दोषिलाई कारबाही गर्न माग गरेका छन् । नवलपरासीमा १० बर्षिय बालक जिबन कोहारलाई बलि दिएपछि नवलपरासीका सभासदहरुले घटनाको छानविन गर्न सरकारको ध्यानकर्षण गराएका हुन् ।साउन ५गते नवलवरासीको कुडिया–४ का ३५ बर्षिय कोदई हरीजनले सोही स्थानका परमानन्द कोहारका १० बर्षीय छोरा जिबन कोहारलाई बली दिएको घटना सार्वजनिक भएपछि यस्को छानबिन गर्न माग गरिएको हो । कोदई हरीजन सहित सहयोगीहरुले मिलेर बालकको गाउंको मन्दिर नजिक लगेर बली दिएको प्रहरी समक्ष स्वीकार गरेका थिए । घटना पछि कुडिया गाउं शोकमा डुबेको छ ।गाँउलेहरु यो बली प्रकरणबाट बालबालीकाको सुरक्षामा चुनौती थपीएको बताएका छन । धामी झाक्रीको भनाईलाई आधार मानी बालकलाई बली दिएपछि गाउनै शोकमा डुबेको हो ।आफनो १८ बर्षीय छोरा बिजय हरीजन बिरामी भएपछि बालकको बली दिएमा निको हुने धामीको विश्वासमा हरिजनले छिमेकीको छोरालाई बली दिएको स्विकार गरेका थिए ।
Share this article :

Post a Comment

 
Relation FM: Run By | Relation Prasaran Pvt. Ltd.
Copyright © 2011. Relation FM 88 MHz - All Rights Reserved
Hosted by: Mero Server International
Web Design By: Rijan KC