श्रावण २३

अफ्रिकी मुलुकमा सबैभन्दा पहिला देखा परेको सिक्कल सेल एनिमिया रोग पछिल्लो समय नेपालको पश्चिमी क्षेत्रमा देखिएको छ ।पश्चिम नेपालका बाँके, बर्दिया, कैलाली, दाङ, कञ्चनपुर, नवलपरासीलगायतका जिल्लामा वसोवास गर्ने थारु समुदायहरुमा यो रोग देखा परेको हो । सन् १९९१ मा औलोको अनुसन्धान गर्दा नेपालका १० प्रतिशत थारु समुदायमा देखिएको सिक्कल सेल एनिमिया हिजोआज तिव्र रुपमा बढ्दै गएपछि जनस्वास्थ्य समस्याका रुपमा स्थापित भएको छ । सिक्कल सेल प्रभावित विरामीमध्ये सवैभन्दा वढी ५४ प्रतिशत बर्दियाका छन् । नेपालमा औलो रोगको महामारी हुँदा तराईमा बसोवास गरेका थारु समुदायको शरीरमा औलो रोग खेप्न सक्ने क्षमता विकास हुने क्रममा रक्त कोषिकाहरु सिक्कल वा हसिँया आकारमा विकास हुँदै गएकाले अहिले यो अवस्था रोगको रुपमा सिर्जना भएको चिकित्सकहरु बताउँछन् । मानव शरीरमा पाईने रातो रक्त कोषिका आरवीसी प्राकृतिक रुपमा गोलाकार हुन्छन् तर सिक्कल सेल एनिमिया संक्रमण भएका व्यक्तिमा भने यी कोष अर्धगोलाकार वा हसिँया आकारका हुन्छन् । विशेष गरी सिक्कल सेल एनिमियाका विरामीमा जण्डिस, वाथ, शरीर दुख्नेलगायतका लक्षण देखिने र अन्त्यमा रगत उत्पादन प्रक्रियामा नोक्सानी पुग्ने भएकाले शरीरमा रगतको कमी भै रक्तअल्पता हुने गरेको पाइन्छ । २ देखि ६० वर्षसम्मका व्यक्तिमा यो रोग देखिएका छ । तर ११ देखि ३० बर्ष उमेर समुहका व्यक्तिमा बढी देखिएको चिकित्सकहरुले बताएका छन् । सिक्कल सेल वंशानुगत भएकाले अन्य माध्यमबाट नसर्ने बताइन्छ ।
Post a Comment