Home » » लाङटाङ हिमपहिरोमा परी बेपत्ता भएका मध्ये १७ जनाको कंकाल देखियो

लाङटाङ हिमपहिरोमा परी बेपत्ता भएका मध्ये १७ जनाको कंकाल देखियो

Written By Unknown on Saturday, August 8, 2015 | 12:22 AM


श्रावण २३ 
गत वैशाख १२ गते गएको भूकम्प र त्यसपछिका पराकम्पनका कारण गएको हिमपहिरोका कारण रसुवाको लाङटाङमा बेपत्ता भएकाहरुको शव फेला पर्ने क्रम अझै जारी छ । तर फेला परेका कंकाल मृतकका आफन्तसम्म पुर्‍याउन कठिनाई भएको छ । प्रतिकुल मौसमका कारण हेलिकोप्टर उडान गर्न नसक्दा कंकाल देखिए पनि संकलनमा कठिनाई भएको रसुवाका प्रहरी नायब उपरीक्षक प्रविण पोख्रेलले बताए । भूकम्प र त्यसपछिका पराकम्पनका कारण रसुवाको लाङटाङमा गएको हिम पहिरोले बेपत्ता हुने मध्ये अहिले १७ वटा मानव कंकाल पहिरोमा देखिएका छन् । पहिले खोजी गर्दा नभेटिएका शव हिउँ पग्लिएसँगै अहिले यत्रतत्र देखिएको स्थानीयबासीले जानकारी दिएको पोख्रेलले बताए । मौसममा सुधार आएमा डिएनए परीक्षण गरि कंकाल मृतकका आफन्तलाई बुझाउन सकिने उनको भनाई छ । रसुवामा भूकम्पपछि आएको हिम पहिरो र सुख्खा पहिरोबाट १ सय ३४ जना हराइरहेका छन् । त्यस मध्ये १ सय ५ जना लाङटाङ क्षेत्रमा मात्र हराएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ ।

Share this article :

Post a Comment

 
Relation FM: Run By | Relation Prasaran Pvt. Ltd.
Copyright © 2011. Relation FM 88 MHz - All Rights Reserved
Hosted by: Mero Server International
Web Design By: Rijan KC