Home » » अखण्ड सुदुरपश्चिमको माग गर्दै तेस्रोे दिन पनि सुदुरपश्चिम ठप्प

अखण्ड सुदुरपश्चिमको माग गर्दै तेस्रोे दिन पनि सुदुरपश्चिम ठप्प

Written By Unknown on Friday, August 7, 2015 | 11:23 PM

श्रावण २३ 
सिमांकन सहित संघीय संरचना बनाउँदा सुदूरपश्चिमलाई अखण्ड राख्न माग गर्दै गरिएको सुदूरपश्चिम बन्द शनिबार तेस्रोे दिन पनि जारी छ । सुदूरपश्चिमलाई नटुक्र्याउन नेताहरुलाई दबाब दिन सुदूरपश्चिमका स्थानीय आन्दोलनमा उत्रिएका हुन । बन्दका कारण सुदूरपश्चिमका ९ जिल्लाकै जनजीवन प्रभाबित भएको छ । संविधानसभाको मस्यौदाबाट प्राप्त सुझाव र सुदूरपश्चिमका जनताको भावना विपरित गए संबिधान नस्विकार्ने चेतावनी दिँदै आन्दोलनमा उत्रिएकाहरुले सुदूरपश्चिमको कुनै पनि भागलाई टुक्रयाउन खोजिए आन्दोलनले हिंसात्मक रुप लिन सक्ने चेतावनी पनि दिएका छन् । संविधानमा संघीयताको सिमांकन र नामांकन स्पष्ट पार्नुपर्ने तथा प्रदेशको राजधानीका लागि जनमतबाट टुंग्याइनुपर्ने उनीहरुको माग छ ।

Share this article :

Post a Comment

 
Relation FM: Run By | Relation Prasaran Pvt. Ltd.
Copyright © 2011. Relation FM 88 MHz - All Rights Reserved
Hosted by: Mero Server International
Web Design By: Rijan KC