भदौ १
अमेरिकी वैज्ञानिकहरुले फूल फुल्ने विश्वकै सबैभन्दा पुरानो विरुवा पत्ता लगाएको दाबी गरेका छन् । यो विरुवा पानीमुनि रहन्छ । वनस्पतिशास्त्रीहरुले पत्ता लगाएको यो विरुवा ‘मोन्टेसिया भिदाली’ प्रजातिको हो । यस प्रजातिको विरुवा १२ करोड ५० लाख वर्षभन्दा अघि स्पेनको तलाउहरुमा पाइन्थ्यो । शोध वैज्ञानिकहरुले शोधको भागका रुपमा ‘मोन्टेसिया भिदाली’को १ हजारभन्दा धेरै जिवास्मको अध्ययन गरेका थिए । आर्कफ्रुक्टस् प्रजातिको पानीमा पाइने विरुवा भने चीनमा छ ।
Post a Comment