Home » » आधिकारिक मत परिणाम आउनु अघि नै हार स्वीकारे राजापाक्षेले

आधिकारिक मत परिणाम आउनु अघि नै हार स्वीकारे राजापाक्षेले

Written By Unknown on Tuesday, August 18, 2015 | 3:08 AM


 भदौ १ 
श्रीलंकाका पूर्व राष्ट्रपति महिन्दा राजापाक्षेले प्रधानमन्त्री बन्नका लागि गरेको प्रयास श्रीलंकाली जनताले विफल तुल्याएका छन् । श्रीलंकाली संसदका लागि सोमबार भएको निर्वाचनमा आफ्नो पार्टी पराजित भएको राजापाक्षेले स्वीकार गरेका छन् । निर्वाचनको मत परिणाम आधिकारिक रुपमा घोषणा हुनु अघि नै उनले आफ्नो पार्टीको हार स्वीकारेका हुन् । एएफपी समाचार एजेन्सीसँग कुरा गर्दै उनले भने, ‘आगामी प्रधानमन्त्री बन्ने सपना विफल भएको छ ।’ राजापाक्षेले विपक्षी सांसदका रुपमा आगामी दिनमा आफूले देशको सेवा गर्ने बताए । यसै वर्षको जनवरीमा भएको राष्ट्रपतीय निर्वाचनमा उनी मैत्रीपाला सिरिसेनासँग पराजित भएका थिए ।
Share this article :

Post a Comment

 
Relation FM: Run By | Relation Prasaran Pvt. Ltd.
Copyright © 2011. Relation FM 88 MHz - All Rights Reserved
Hosted by: Mero Server International
Web Design By: Rijan KC