Home » » इन्डोनेसियामा दुर्घटनामा परेको विमानमा सवार सबै यात्रुको मृत्यु भएको पुष्टि

इन्डोनेसियामा दुर्घटनामा परेको विमानमा सवार सबै यात्रुको मृत्यु भएको पुष्टि

Written By Unknown on Tuesday, August 18, 2015 | 3:04 AM


भदौ १ 
इन्डोनेसियामा आइतबार दुर्घटनामा परेको ‘ट्रिगाना’ एयर ‘एटिआर–४२’को विमानमा सवार सबै ५४ जनाको मृत्यु भएको छ । विमानमा सवार ५४ जनाकै शव सुदूर पूर्वोत्तर प्रान्त पापुअ क्षेत्रको घना जंगलमा फेला परेको अधिकारीहरुले जनाएका छन् । शवहरु पूरै जलेकाले पहिचान गर्न कठीनाइ भएको बताइएको छ । विमानमा पाँचजना चालक दलका सदस्य र चार बालबालिकासहित ५४ जना सवार थिए । खोजकर्ताहरुले विमान पूर्णध्वस्त भएको अवस्थामा फेला पारेको थिए । विमानमा त्यस क्षेत्रका गरिब जनताका लागि वितरण गर्न करिब ५ लाख डलर रकमसमेत रहेको थियो । क्षेत्रीय राजधानी जायापुराको सेन्तानी विमानस्थलबाट उडेको आधा घन्टापछि नै विमान सम्पर्कविहीन बनेको थियो । विमान दक्षिणी ओक्सिविलतर्फ जाँदै गर्दा दुर्घटनामा परेको हो । ट्रिगाना एअरको उडान रेकर्ड खराब रहेको छ । सन् १९९१ मा विमान सञ्चालनमा आएपछि १४ वटा गम्भीर दुर्घटना भइसकेका छन् । सन् २००७ देखि यो विमान सेवा युरोपियन युनियनको कालोसूचीमा छ ।

Share this article :

Post a Comment

 
Relation FM: Run By | Relation Prasaran Pvt. Ltd.
Copyright © 2011. Relation FM 88 MHz - All Rights Reserved
Hosted by: Mero Server International
Web Design By: Rijan KC