श्रावण ३१
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आइतबार संयुक्त अरब इमिरेट्स (युएई) तर्फ प्रस्थान गरेका छन् । उनी आइतबार साँझ युएई पुग्नासाथ भ्रमणको कार्यतालिकाअनुसार व्यस्त रहने भएका छन् । भ्रमणको पहिलो दिन आइतबार नै उनी युएईको प्रशिद्ध मस्जिद ‘शेख जायद’ मा जाने भएका छन् । यो मस्जिद विश्व कै तेस्रो ठूलो हो । उक्त मस्जिदमा हजारौं मानिस एकै साथ बस्न मिल्ने विशाल गलैचा ओछ्याइएको छ, जुन हातले बनाइएको हो । मोदी विगत ३४ वर्ष यता युएई भ्रमण गर्ने पहिलो भारतीय प्रधानमन्त्री हुन् । यसअघि सन् १९८१ म तत्कालिन भारतीय प्रधानमन्त्री इन्दिरा गान्धीले युएई भ्रमण गरेकी थिइन् । युएईमा करिब २६ लाख भारतीय छन् ।
Post a Comment