श्रावण २६

विश्व फुटबल महासंघ ९फिफा०को अध्यक्ष पदका उम्मेदवार जोर्डनका राजकुमार अली हुसेनले फिफामा सुधारका लागि स्वतन्त्र निकाय गठन गर्न माग गरेका छन् । स्वीट्जरल्यान्डको ज्युरीचमा समाचार एजेन्सी ‘एएफपी’सँग कुरा गर्दै राजकुमार अलीले सेप ब्लाटरको पूर्णबहिर्गमन र स्वतन्त्र छानबिन निकाय गठन नभएसम्म फिफामा सुधार हुनै नसक्ने जिकिर गरे । आर्थिक अनियमितता, सम्पत्ति शुद्धिकरण एवं अपारदर्शी निर्णय प्रक्रियाका कारण विश्व फुटबलको सर्वोच्च निकाय फिफा अहिले इतिहासकै सबैभन्दा आलोचित अवस्थामा छ । यस्तोमा आफूले पद त्याग गरेर नयाँ नेतृत्व चयन गर्ने घोषणा अध्यक्ष सेप ब्लाटरले गरे पनि उनका समकक्षीहरु भने अझै पनि सशंकित छन् । आगामी फेब्रुअरी २६ तारीखमा फिफाको नयाँ नेतृत्व चयनका लागि चुनाव हुँदैछ । त्यसअघि नै ब्लाटर पूर्णरुपमा फिफाबाट हट्नुपर्ने अध्यक्षका दावेदारहरुको माग छ । यसअघि पनि ब्लाटरविरुद्ध चुनावी मैदानमा उत्रिएका राजकुमार अली हुसेनसँगै यसपटक युरोपेली फुटबल महासंघ ९युएफा०का अध्यक्ष मिचेल प्लाटिनी पनि उम्मेदवार छन् । प्लाटिनीले अबको चुनाव जित्ने धेरैको अनुमान छ ।
Post a Comment