Home » » ‘विमानस्थलमा भएको आक्रमणको जिम्मेवार पाकिस्तान’

‘विमानस्थलमा भएको आक्रमणको जिम्मेवार पाकिस्तान’

Written By Unknown on Tuesday, August 11, 2015 | 6:12 AM

श्रावण २६ 
अफगानिस्तानका राष्ट्रपति असरफ घानीले आफ्नो मुलुकमा भइरहेका अतिवादी आक्रमणमा पाकिस्तान जिम्मेवार रहेको आरोप लगाएका छन् । पाकिस्तानमा प्रशिक्षित लडाकूहरुले पाकिस्तानमै निर्मित बम तथा अन्य हतियार प्रयोग गरी आफ्नो मुलुकमा बारम्बार हमला गर्ने गरेको अफ्गान राष्ट्रपतिको ठम्याइ छ । उनले हालै काबुलको विमानस्थल लक्षित गराइएको आतंकवादी हमलामा पनि पाकिस्तानी अतिवादीहरुको संलग्नतालाई अस्विकार गर्न नसकिने बताए । राष्ट्रपति घानीले पाकिस्तानमा जारी आतंकवादी हमलाकारको प्रशिक्षण र विस्फोटक पदार्थ बनाउने कारखानाको असर अफगानिस्तानलगायत यस क्षेत्रका अन्य मुलुकमासमेत परिरहेको बताए । पाकिस्तानले अतिवादीहरुको गतिविधि नियन्त्रण गर्न गम्भीर कदम नचाले यसले आगामी दिनमा दुई देशको सम्बन्ध नै खतरामा पर्ने चेतावनी पनि उनले दिए ।

Share this article :

Post a Comment

 
Relation FM: Run By | Relation Prasaran Pvt. Ltd.
Copyright © 2011. Relation FM 88 MHz - All Rights Reserved
Hosted by: Mero Server International
Web Design By: Rijan KC