Home » » आज नाग पञ्चमी

आज नाग पञ्चमी

Written By Unknown on Tuesday, August 18, 2015 | 11:49 PM


भदौ २ 
श्रावण शुक्ल पञ्चमीका दिन सनातन धर्मावलम्बीहरुले आज अष्ट नागपूजा गरी नाग पञ्चमी पर्व मनाउँदैछन् । घरको मुलद्वारमा नागको चित्रमा दही, दुबो, लावासहित चन्दन, अक्षता, नैवेद, धुपदीप गरी विधिपूर्वक पूजा गर्ने चलन छ । यसरी घरघरमा नागका तस्वीर टाँस्नाले मेघ, सर्प, र अग्निको भय नहुने विश्वास छ । नागका अष्टकुल अर्थात् अनन्त, बासुकी, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कट र शंख नागको पूजा आजको दिन गरिन्छ । आज काठमाडौंको टौदह, नागदह, नागपोखरी र दहचोक लगायतका क्षेत्रमा मेला नै लाग्ने गरेको छ ।

Share this article :

Post a Comment

 
Relation FM: Run By | Relation Prasaran Pvt. Ltd.
Copyright © 2011. Relation FM 88 MHz - All Rights Reserved
Hosted by: Mero Server International
Web Design By: Rijan KC