Home » » ब्रुजको पोष्टमा म्यान्चेस्टर युनाइटेडको ३ गोल

ब्रुजको पोष्टमा म्यान्चेस्टर युनाइटेडको ३ गोल

Written By Unknown on Tuesday, August 18, 2015 | 11:39 PM


भदौ २ 
युरोपियन क्लब फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता युएफा च्याम्पियन्स लिगमा छनोट हुन अहिले प्ले अफ खेलहरु भईरहेका छन् । प्ले अफ अन्तर्गत मंगलबार राति भएको एक खेलमा इङ्लिस क्लब म्यान्चेस्टर युनाईटेडले बेल्जियमको क्लव ब्रुजलाई ३(१ ले हरायो । म्यान्चेस्टर युनाईटेडको मैदान ओल्ड ट्राफोर्डमा भएको पहिलो लेगको खेलमा घरेलु टोलीलाई विजयी गराउन मेम्फिस डिपेले दुई गोल गरे भने फेलियानीले एक गोल थपे । यसअघि खेलको आठौं मिनेटमै म्यान्चेस्टर युनाईटेडका माईकल क्यारिकले आत्माघाती गोल गरेपछि पाहुना टोली क्लव ब्रुजले सुरुवाती अग्रता लिएको थियो । च्याम्पियन्स लिग प्ले अफ्का अन्य महत्वपूर्ण खेलहरुमा इटालीको लाजियोले जर्मनीको बायर लिभरकुजेनलाई १(० ले हरायो भने पोर्चुगलको स्पोर्टिङ लिस्बनले रुसको सि।एस।के।ए। मस्कोलाई २(१ ले पराजित गर्‍यो ।

Share this article :

Post a Comment

 
Relation FM: Run By | Relation Prasaran Pvt. Ltd.
Copyright © 2011. Relation FM 88 MHz - All Rights Reserved
Hosted by: Mero Server International
Web Design By: Rijan KC