श्रावण २५

इंग्लिस प्रियिमर लिग फुटबलमा उपाधि दाबेदार आर्सनललाई झट्का लागेको छ । नयाँ सिजनको पहिलो खेलमा सोमबार आर्सनललाई लन्डन प्रतिद्धन्द्धी वेस्ट ह्याम युनाइटेडले २–० ले हराएको हो । वेस्ट ह्यामका लागि कोयाटे र जाराटेले एक–एक गोल गरे । उता, लिभरपुलले भने स्टोक सिटीविरुद्ध जित निकाल्दै लिगमा विजयी सुरुआत गरेको छ । स्टोक सिटीको मैदानमा भएको खेलमा लिभरपुल १–० ले विजयी भयो । खेलमा लिभरपुललाई विजयी गराउन फिलिप कौटिन्होले ८६औं मिनेटमा निर्णायक गोल गरे । सोमबारै राति भएको अर्को खेलमा साउथह्याम्पटन र न्युकासल युनाइटेडले २–२ गोलको बराबरी खेलेका छन् । प्रियिमर लिग फुटबलअन्तर्गत् सोमबार राति हुने एक मात्र खेलमा म्यानचेस्टर सिटी र वेस्ट ब्रोमविच आल्बियोन भिड्ने छन् ।
Post a Comment