श्रावण २५
जर्मन फुटबल क्लब हर्था बर्लिनको टिम बसमाथि अज्ञात व्यक्तिले गोली प्रहार गरेका छन् । जर्मन कप फुटबलका लागि उत्तर पश्चिमी सहर बेलेफिल्ड पुगेको बेला बसमाथि आक्रमण भएको हो । जर्मन बुन्डेस लिगा क्लब हर्था बर्लिनका खेलाडीलाई लिन जान होटलबाट निस्किएको बेला मोटरसाइकलमा आएका व्यक्तिले गोली प्रहार गरेका हुन् । त्यसबखत बसमा ड्राइभर मात्रै रहेकाले कोही पनि घाइते नभएको बताइएको छ । प्रहरीले घटनाबारे अनुसन्धान थालेको बताएको छ ।
Post a Comment