Home » » बैंककमा विस्फोट, २१ जनाको मृत्यु

बैंककमा विस्फोट, २१ जनाको मृत्यु

Written By Unknown on Tuesday, August 18, 2015 | 3:11 AM


भदौ १ 
थाइल्याण्डको राजधानी बैंककमा सोमबार साँझ एक हिन्दु मन्दिर नजिकै भएको विस्फोटमा कम्तीमा २१ जनाको मृत्यु भएको छ । विष्फोटबाट एक सय २० जनाभन्दा बढी घाइते भएका छन् । दुईवटा बम भने सुरक्षाकर्मीले निस्कृय तुल्याएका थिए । विस्फोटमा कसको संलग्नता छ भन्ने प्रस्ट हुन सकेको छैन । ठूलो संख्यामा मानिस भेला भएको समयमा चिडलम जिल्लाको एरावान मन्दिर नजिकै सो विस्फोट भएको हो । मूख्य पर्यटकीय क्षेत्रमा विष्फोट भएकाले पर्यटकहरुलाई निशाना बनाइएको हुनसक्ने अनुमान सुरक्षाकर्मीहरुले गरेका छन् । मृतक र घाइतेहरु पनि अधिकांश पर्यटक नै भएको जनाइएको छ । सुरक्षाकर्मीहरुले टीएनटी बम विष्फोट गराइएको बताएका छन् । प्रत्यक्षदर्शीहरुले भने मोटरसाइकलमा राखिएको बम विफोट भएको बताएका छन् । एरावन मन्दिरमा हिन्दूदेव ब्रह्माको पूजा हुने गर्दछ ।

Share this article :

Post a Comment

 
Relation FM: Run By | Relation Prasaran Pvt. Ltd.
Copyright © 2011. Relation FM 88 MHz - All Rights Reserved
Hosted by: Mero Server International
Web Design By: Rijan KC