Home » » एथ्लेटिको बिल्बाओलाई सुपर कपको उपाधि, बार्सिलोना निराश

एथ्लेटिको बिल्बाओलाई सुपर कपको उपाधि, बार्सिलोना निराश

Written By Unknown on Tuesday, August 18, 2015 | 3:13 AM

भाद्र १
यस वर्षको स्पेनिस सुपर कप फुटबल प्रतियोगिताको उपाधि एथ्लेटिको बिल्बाओले जितेको छ । स्पेनिस फुटबलको सदावहार दावेदार टोली बार्सिलोनालाई समग्रमा ५–१ ले निराश पार्दै बिल्बाओले उपाधि जितेको हो । सोमबार राति भएको दोस्रो लेगको खेल १–१ गोलको बराबरीमा सकिए पनि पहिलो लेगमा हात पारेको ४–० को अग्रतासँगै बिल्बाओ ५–१ ले विजयी भएको हो । सोमबार राति आफ्नै मैदानमा भएको दोस्रो लेगको ४३ औं मिनेटमा लियोनल मेस्सीले पहिलो गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाए । ५५ औं मिनेटमा जेराड पिके रातोकार्ड खाँदै मैदानबाट बाहिरिएपछि बार्सिलोना १० जनामा समिति भयो । तर ७४ औं मिनेटमा बिल्बाओका अडुरिजले बराबरी गोल फर्काए । यो बराबरीसँगै बार्सिलोनालाई स्तब्ध पार्दै उपाधि उचालेको एथ्लेटिको बिल्बाओले यसअघि सन् १९८४ मा सुपर कपको उपाधि जितेको थियो । बार्सिलोनाले भने पछिल्लो पटक सन् २०१३ मा सुपर कपको उपाधि जितेको थियो । स्पेनिस सुपर कप फुटबलको सबैभन्दा सफल क्लब बार्सिलोनाले अहिलेसम्म ११ पटक उपाधि जितेको छ ।
Share this article :

Post a Comment

 
Relation FM: Run By | Relation Prasaran Pvt. Ltd.
Copyright © 2011. Relation FM 88 MHz - All Rights Reserved
Hosted by: Mero Server International
Web Design By: Rijan KC