श्रावण १८

विदा मनाउन फ्रेञ्च रिवेरिया पुगेका साउदी अरेबियाका राजा सलमानको सुरक्षालाई लिएर विरोध बढेपछि उनी बिचैमा मोरक्को गएका छन् ।तीन साता फ्रान्सको समुन्द्री किनारामा बिदा मनाउन गएका राजा सलमान आठ दिनपछि नै मोरक्को गएका हुन । साउदी राजासँगै उनको करिब एक हजार जनाको टोलीमध्ये आधा जसो फ्रेञ्च रिवेरिया पुगेको थियो । राजा सलमानले भ्रमणका कारण वैलारिस समुद्र किनारामा सर्वसाधरणका लागि प्रवेश बन्द गरिएको थियो । यो कदमविरुद्ध अदालतमा दायर गरिएको निवदेनमा करिब १ लाख व्यक्तिले हस्ताक्षर गरेका थिए । राजा सलमानको निजी भिलाको ठीक तल मिरानडोल विच पर्छ । अधिकारीहरुले सलमानको सुरक्षाको लागि भन्दै मिरानडोल विच बन्द गरेका थिए । प्रशासनको निर्णयले फ्रान्समा समानताको अधिकारको उल्लंघन गरेको भन्दै आलोचना भएको थियो । राजा सलमान फेरि भिलामा फर्केने नफर्कनेबारे केही स्पष्ट नभए पनि उनको मोरक्को भ्रमण विदा मनाउने तालिकाअनुसार कै रहेको रोयर्टसले जनाएको छ । तर मिरानडोल विच भने सर्वधारणका लागि खुला गरिएको छ ।
Post a Comment