साउन १८
मेक्सिकोमा फोटो पत्रकार रुवेन इस्पिनोसा आफ्नै निवासमा मृत भेटिएका छन् । उनीसँगै अरु चार महिला पनि मृत भेटिएको स्थानीय अधिकारीहरुले जनाएका छन् । पत्रकार इस्पिनोसाको शव गोली लागेको अवस्था फेला परेको हो । अनुसन्धानमूलक म्यागेजिन प्रोसेसोका लागि काम गर्ने इस्पिनोसा हालै मात्र भेराक्रुज राज्यबाट मेक्सिको शहर गएका थिए । इस्पिनोसाको हत्या गर्नुका कारण र हत्याराको खोजी भइरहेको प्रहरीले जनाएको छ । भेराक्रुज पत्रकारहरुका लागि काम गर्न सबैभन्दा खतरा रहेको राज्य मानिन्छ । यहाँ लागु औषध तस्करीसँग जोडिएका हत्याका घटना निकै हुने गर्दछन् । मेक्सिकोमा सन् २०१० यता ९७ जना पत्रकारको हत्या भएको छ ।
Post a Comment