Home » » चिनियाँ मदिरामा भियाग्रा पाइयो

चिनियाँ मदिरामा भियाग्रा पाइयो

Written By Unknown on Sunday, August 2, 2015 | 11:11 PM

श्रावण १८ 
चिनियाँ मदिरामा यौनवर्द्धक ‘भियाग्रा’को मात्रा पाइएको छ ।चीनका खाद्य सुरक्षा अधिकारीहरुका अनुसार मदिराका हजारौं बोतलमा भियाग्रा पाइएको हो । दक्षिणी चीनको लियोजो शहरबाट करिब पाँच हजार तीन सय बोतल मदिरा बरामद गरिएको छ । बरामद मदिरामा भियाग्राको मात्रा पाइएको अधिकारीहरुले जनाएका छन् । मदिरा बनाउने ठाउँमा ‘सिल्डानेफिल’ नामक सेतो पाउडरका प्याकेट समेत फेला परेको जनाइएको छ । सो पाउडर भियाग्राका रुपमा पनि परिचित रहेको अधिकारीहरुको भनाई छ । खाद्य प्रशासनका अनुसार यस पाउडरलाई तीन अलग–अलग प्रकारका मदिरामा मिसाइएको पाइयो, जो चीनमा निकै रुचाइने गरेको छ ।

Share this article :

Post a Comment

 
Relation FM: Run By | Relation Prasaran Pvt. Ltd.
Copyright © 2011. Relation FM 88 MHz - All Rights Reserved
Hosted by: Mero Server International
Web Design By: Rijan KC