भदौ १४

मलेसियाका पूर्व प्रधानमन्त्री महाथिर मोहम्मदले प्रदर्शनकारीहरुलाई वर्तमान प्रधानमन्त्रीलाई पदबाट हट्न बाध्य पार्ने गरी आन्दोलन गर्न आग्रह गरेका छन । भ्रष्टाचारमा लिप्तरहेको भन्दै प्रदर्शनकारीले प्रधानमन्त्री नजिब रजाकको राजीनामा मागिरहेका बेला पूर्व प्रधानमन्त्री महाथिरले पनि आन्दोलनमा साथ दिएका हुन । राजधानी क्वालालाम्पुरका अतिरिक्त अरु शहरमा पनि रजाकको राजीनामा माग्दै प्रदर्शन गरिएको छ । महाथिर स्वयं पनि प्रदर्शनमा सरिक हुँदै रजाकलाई पद त्याग्न बाध्य पार्नुपर्ने बताए । प्रधानमन्त्रीको निजी खातामा जम्मा भएको करौंडौं रकमको हिसाब देखाउन नसकेको आरोप प्रदर्शनकारीले लगाइरहेका छन् । पद त्याग्न वा निष्पक्ष निर्वाचन गराउन प्रदर्शनकारीले माग गरपनि रजाकले भने आफूले कुने गलत काम नगरेको जिकीर गरिरहेका छन् । प्रधानमन्त्री रजाकले विदेशी दाताबाट ७० करोड अमेरिकी डलर लिएको भन्दै प्रदर्शनकारी आक्रोसित भएका हुन् । मलेसियाको भ्रष्टाचारविरुद्ध कार्य गर्ने निकायले पनि अमुक विदेशी दाताले रकम दिएको पुष्टि भएको जनाएको छ ।
Post a Comment