Home » » आइएसद्वारा फेरि अर्को प्राचिन मन्दिर ध्वस्त

आइएसद्वारा फेरि अर्को प्राचिन मन्दिर ध्वस्त

Written By Unknown on Sunday, August 30, 2015 | 10:10 PM


भदौ १४ 
सिरियाको प्राचीन शहर पल्माइरामा इस्लामिक अतिवादी समूह आइएसले फेरि अर्को प्राचीन मन्दिर ध्वस्त पारेको छ । ठूलो विस्फोटका साथ मन्दिर ध्वस्त पारिएको स्थानीयले जनाएका छन् । यसअघि गतहप्ता पनि आइएसले पल्माइरामै रहेको बाल्सेमिन मन्दिर ध्वस्त बनाउँदै आगामी दिनमा अरु विस्फोट पनि गर्ने भन्दै तस्विर सार्वजनिक गरेको थियो । आइएसले गत मेमा पुरातात्विक शहर पल्माइरा नियन्त्रणमा लिएको थियो । आईएसले पछिल्लो समय प्राचीन धरोहरलार्ई निशानामा पार्दै आएको छ । यता, युनेस्कोले भने प्राचीन धरोहरमा आईएसको नियन्त्रण बढ्दै गएको प्रति चिन्ता ब्यक्त गरेको छ । यसैबीच, मध्यपूर्वका त्यस्ता ऐतिहासिक धरोहरहरु अतिवादी निशानाबाट बचाउन बचाउन थ्री डी क्यामेरामार्फत् तस्वीरहरु संकलन गरिने भएको छ । अक्सफोर्ड र हार्बर्ड यूनिभर्सिटीका पुरातत्वविदको एक परियोजनाअन्तर्गत मध्यपूर्वका हजारौं मानिससँग त्यस्ता ऐतिहासिक धरोहरका तस्वीर संकलन गरिनेछ । संकलित तस्विरको सहायताबाट शोधकर्ताले थ्री डी प्रिन्टरमार्फत् क्षतिग्रस्त धरोहर र प्राचीन कलाकृतिको प्रतिकृति बनाउने छन् । यसका लागि पाँच हजार क्यामेरा बाँडिदै छ । सन् २०१६ को अन्त्यसम्ममा त्यस्ता जोखिमयुक्त स्थानको दश लाख तस्विर संकलन गरिने योजना रहेको छ । 
Share this article :

Post a Comment

 
Relation FM: Run By | Relation Prasaran Pvt. Ltd.
Copyright © 2011. Relation FM 88 MHz - All Rights Reserved
Hosted by: Mero Server International
Web Design By: Rijan KC