Home » » नेपाललाई ७६ रनको लक्ष्य

नेपाललाई ७६ रनको लक्ष्य

Written By Unknown on Sunday, August 30, 2015 | 10:05 PM


भदौ १४ 
एसीसी यु–१९ प्रिमियर लिग क्रिकेट अन्तर्गत सोमबार भइरहेको खेलमा नेपालले मलेसियाबाट जितका लागि ७६ रनको लक्ष्य पाएको छ । टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारित ५० ओभरको खेलमा ३८ ओभरमै आफ्ना सबै विकेट गुमाएर ७५ रनको योगफल तयार पारेको हो । मलेसियालाई सस्तो मै समेट्ने क्रममा नेपालका बलर आरिफ शेखले १० ओभरमा १८ रन दिएर चार विकेट लिए । त्यस्तै दीपेन्द्रसिंह ऐरी र दीपेश श्रेष्ठले २–२ विकेट लिए । सुशील कँडेलले एक विकेट हात पारे । मलेसियाका लागि पवनदीप सिंहले सर्वाधिक १७ रन बनाए भने शंकर सतीषले १३ र विमलान पलानियन्डेले १२ रन बनाए । अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् । प्रतियोगिताको पहिलो खेलमा युएईबिरुद्ध फराकिलो जित निकालेको नेपालले दोस्रो खेलमा भने अफगानिस्तानसँग १० विकेटको लज्जास्पद पराजय बेहोरेको थियो । नेपालसहित अफगानिस्तान, युएई, मलेसिया, साउदी अरेबिया र कतारको सहभागिता रहेको प्रतियोगितामा सहभागी सबै टोलीले राउण्ड रोेबिन लिगका आधारमा एक अर्कासँग प्रतिस्पर्धा गर्दैछन् । प्रतियोगिताको शीर्ष तीनभित्र पर्ने टोली अन्डर–नाइन्टिन एसिया कपका लागी छनोट हुने छन् ।

Share this article :

Post a Comment

 
Relation FM: Run By | Relation Prasaran Pvt. Ltd.
Copyright © 2011. Relation FM 88 MHz - All Rights Reserved
Hosted by: Mero Server International
Web Design By: Rijan KC