Home » » क्यानडामा महिलाहरुद्वारा अर्धनग्न प्रदर्शन

क्यानडामा महिलाहरुद्वारा अर्धनग्न प्रदर्शन

Written By Unknown on Sunday, August 2, 2015 | 12:45 AM

श्रावण १७ 
क्यानडाको ओन्टारियो राज्यको वाटरलुमा अर्धनग्न भएर प्रदर्शनमा उत्रिएका तीन दिदीबहिनीलाई प्रहरीले गिरफ्तार गरेपछि महिलाहरुले त्यस्तै शैलीमा विरोध प्रदर्शन गरेका छन् । नियन्त्रणमा लिईएकाहरु मध्येकी अलिसा मोहमद क्यानेडियन म्युजिक अवार्डमा मनोनयनमा परेकी गायिका हुन् । प्रहरीले उनीहरुलाई गएको महिना छिमेकी शहर किचेनरमा साइकल यात्रामा निस्किएका बेला नियन्त्रणमा लिएको थियो । उनीहरुले प्रहरीमा लिखित उजुरी दिएपछि महिला अधिकारकर्मीहरुले विरोध सुरु गरेका हुन् । बिरोध र्‍यालीमा सहभागी भएकाहरुले राज्य अदालतले दिएको आदेशअनुरुप अत्याधिक गर्मीको समयमा अर्धनग्न बस्ने छुट जुनसुकै महिलालाई भएको तर्क गरेका छन् । ओन्टारियो राज्यको अदालतले सन् १९९६ मा महिलाहरुले अर्धनग्न वस्त्र लगाउन पाउने फैसला सुनाएको थियो ।

Share this article :

Post a Comment

 
Relation FM: Run By | Relation Prasaran Pvt. Ltd.
Copyright © 2011. Relation FM 88 MHz - All Rights Reserved
Hosted by: Mero Server International
Web Design By: Rijan KC