श्रावण १७
बेलायतको ह्याम्सायरमा निजी जेट विमान दुर्घटनामा परी ओसामा विन लादेनको परिवारका चार सदस्यको मृत्यु भएको छ । बेलायतस्थित साउदी अरबको दूतावासले ब्ल्याकबुस विमानस्थल नजिक दुर्घटनाग्रस्त विमानका पायलट र सवार सबै तीनजना यात्रुको मृत्यु भएको जनाएको छ । विमान इटलीको मिलानबाट आउँदै थियो । बेलायतस्थित साउदी राजदूतले युवराज मोहम्मद विन नवाफ अल साउदले लादेनको परिवारप्रति समवेदन प्रकट गरेको जनाएका छन् । दूतावासले बेलायती अधिकारीहरुले दुर्घटनाबारे अनुसन्धान सुरु गरेको जनाएको छ ।
Post a Comment