Home » » अलकायदाद्वारा लादेनका छोराको अडियो टेप सार्वजनिक

अलकायदाद्वारा लादेनका छोराको अडियो टेप सार्वजनिक

Written By Unknown on Friday, August 14, 2015 | 10:53 PM


श्रावण ३० 
अन्तर्राष्ट्रिय आतंकवादी संगठन ‘अलकायदा’ ले आफ्ना संगठनका पूर्व प्रमूख ओसामा बिन लादेनका छोरा हमजा बिन लादेनको एक अडियो टेप सार्वजनिक गरेको छ । अलकायदाले हमजालाई संगठनको आधिकारिक सदस्यका रुपमा चिनाउन यो टेप सार्वजनिक गरेको हुन सक्ने आशंका गरिएको छ । अलकायदाका समर्थकहरुले उक्त अडियो टेपलाई ट्वीटरमा सेयर गरेका छन् । टेपमा हमजाले अमेरिका र उसका सहयोगी देशमाथि आक्रमण गर्न अपिल गरेका छन् । अमेरिकाको एक विशेष सैन्य टुकडीले सन् २०११ म पाकिस्तानको एबटावादमा गरेको कारवाहीमा लादेन मारिएका थिए । लादेन मारिएपछि अलकायदाको नेतृत्व आयमन अल जबाहिरीले गर्दै आएका छन् । ओसामा बिन लादेनका छोरा हमजा कहाँ छन् भन्ने प्रष्ट छैन । उनी २० देखि ३० वर्ष उमेर समूहको रहेको आशंका गरिएको छ । अलकायदाको वेभसाइटमा हमजाले अफगानिस्तान, इराक, गाजा क्षेत्रमा आफ्ना समर्थकलाई अमेरिका, बेलायत, फ्रान्स र इजरायलविरुद्ध हमला गर्न अपिल गरेका छन् ।

Share this article :

Post a Comment

 
Relation FM: Run By | Relation Prasaran Pvt. Ltd.
Copyright © 2011. Relation FM 88 MHz - All Rights Reserved
Hosted by: Mero Server International
Web Design By: Rijan KC