Home » » एस्टनभिल्लालाई हराउँदै म्यानचेष्टर युनाइटेड इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा

एस्टनभिल्लालाई हराउँदै म्यानचेष्टर युनाइटेड इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा

Written By Unknown on Friday, August 14, 2015 | 11:13 PM

साउन ३०
इंग्लिस प्रिमियर लिगको आफ्नो दोश्रो खेलमा म्यानचेष्टर युनाइटेड विजयी भएको छ । म्यानयुले गए राती भएको खेलमा एस्टनभिल्लालाई १–० ले हरायो । म्यानयुलाई जिताउन खेलको एक मात्र गोल एडनन जानुजाईले पहिलो हाफमा गरेका थिए । यो जितपछि म्यानचेष्टर युनाइटेड सन् २०१३  को अगस्टपछि पहिलो पल्ट लिगको शीर्ष स्थानमा उक्लिएको छ । एस्टन भिल्लाले म्यानचेष्टर युनाइटेडविरुद्ध खेलेका पछिल्ला ४० खेलमा एउटा खेल मात्र जितेको छ ।  जितपछि म्यानयुका प्रशिक्षक लुईस भान गालले लिगको पहिलो खेलमा भन्दा यो पटक राम्रो खेलेको प्रतिक्रिया दिए ।
Share this article :

Post a Comment

 
Relation FM: Run By | Relation Prasaran Pvt. Ltd.
Copyright © 2011. Relation FM 88 MHz - All Rights Reserved
Hosted by: Mero Server International
Web Design By: Rijan KC