Home » » कडा सुरक्षाबीच भारतले ६९ औं स्वतन्त्रता दिवस मनाउँदै

कडा सुरक्षाबीच भारतले ६९ औं स्वतन्त्रता दिवस मनाउँदै

Written By Unknown on Friday, August 14, 2015 | 10:42 PM

श्रावण ३० 
भारतले कडा सुरक्षाका बीच शनिबार आफ्नो ६९ औं स्वतन्त्रता दिवस मनाउँदै छ । राजधानी दिल्लीसहित देशका मूख्य शहरमा सुरक्षाको कडा प्रबन्ध गरिएको जनाइएको छ । दिल्लीस्थित लालकिल्लाको सुरक्षार्थ ठूलो संख्यामा सुरक्षा बल परिचालन गरिएको छ भने हेलिकोप्टर पेट्रोलिङको व्यवस्था गरिएको छ । सोही स्थानमा प्रधानमन्त्री नरेन्द्र मोदीले सम्बोधन गर्ने कार्यक्रम छ । जम्मू कश्मीर, महाराष्ट्र, पञ्जाबलगायत राज्यमा सुरक्षा सतर्कता बढाइएको छ । हालै सन् १९९३ को बम आक्रमणका दोषी याकूब मेमनलाई फाँसी दिएका सन्दर्भमा आएका धम्कीहरुका कारण पनि सुरक्षा सतर्कता बढाइएको बताइएको छ ।

Share this article :

Post a Comment

 
Relation FM: Run By | Relation Prasaran Pvt. Ltd.
Copyright © 2011. Relation FM 88 MHz - All Rights Reserved
Hosted by: Mero Server International
Web Design By: Rijan KC