श्रावण १८

नाइजेरियाको सेनाले बिद्रोही समूह बोको हरामको नियन्त्रणमा रहेका १ सय ७८ जनालाई उद्धार गरेको छ । सेनाले उत्तरी राज्य बोर्नोबाट बोको हरामका एक जना कमाण्डरलाई नियन्त्रणमा लिइएको तथा विद्रोहीका केही शिविर खाली गराएको दाबी गरेको छ । उद्धार गरिएकाहरुमा १ सय १ जना बालबालिका र ७७ जना महिला छन् । यद्यपी उद्धार गरिएकाहरुमध्ये गत बर्षको अप्रिलमा चिबोकको विद्यालयबाट अपहरणमा परेका बालिका रहेको या नरहेको खुलाइएको छैन । सन् २०१४ यता मात्र बोको हरामले ५ हजार ५ सय व्यक्तिको हत्या गरिसकेको छ भने २ हजार महिला र बालबालिकालाई बन्धक बनाएको छ । बन्धक भएकामध्ये २ सय जना स्कुले छात्रा छन् । ती छात्राको उद्धारमा अमेरिका र चीनले सघाउने प्रतिबद्धता जनाए पनि हालसम्म कुनै प्रकारको प्रत्यक्ष सहायता भने दिएका छैनन् ।
Post a Comment