साउन१७
झण्डै एकसातादेखि अवरुद्ध नारायणगढ–बुटवल सडक खण्ड आइतवार विहान देखि सुचारु भएको छ । बैकल्पीक बाटो निर्माण भएपछि राजमार्ग क्षेत्रमा रोकिएका सवारी साधनहरु आ–आफ्नो गन्तव्यमा पुगेका छन् । बैकल्पीक बाटोमा अहिले पनि एकतर्फी रुपमा नै सवारी साधन संचालन भइहरेको छ । सवारी साधन एकतर्फी रुपमा पास गराउन पुल क्षेत्रमा दर्जनौं ट्राफिक, सुरक्षाकर्मी परिचालन भएका छन् । जयश्री खालाको पुल भाँच्चिएपछि बनाइएको बैकल्पीक बाटोको पनि स्थानीयले विरोध गरेका छन् । वर्षातको समय भएकाले खोलामा बाढी आए, खोला गाउँपस्ने भन्दै तत्काल विकल्प खोज्न सरकार सँग माग गरेका छन् । यता १५ दिन भित्रमा राजमार्ग क्षेत्रमा बैकल्पीक बाटोको रुपमा बेलिब्रीज बनाउनका लागि सर्भेक्षण चल्दै छ । बुटवल देखि सडक डिभिजन कार्यालयका इन्ञ्जीनियर सहितको टोली पुल क्षेत्रमा बेलिब्रीज निर्माणका लागि सर्भे गरिरहेका छन् । इञ्जीनियर एमनारायण योगीले अबको १५ दिन भित्रमा बेलिब्रीज निर्माण हुने बताए । त्यसका लागि बुटवल देखि प्राविधिक सहितको टोली सर्भे सँगै निर्माणको प्रक्रियामा जट्ने छौं उनले भने । यता नियमित रुपमा खटिएका सुरक्षाकर्मीहरु बैकल्पीक वाटोलाई व्यवस्थापन नगरिए यसले ठूलो समस्या फेरी सृजना गर्न सक्ने बताए । पानी परे सँगै समस्या सुरु हुन्छ इलाका प्रहरी कार्यालयका सइ खिमानन्द काफ्लेले भने – समस्या विकाराल हुन नदिन विकल्प खोज्नै पर्छ ।
Post a Comment