Home » » चीनमा भएको विस्फोटको अध्ययनका लागि दुई सय सैनिक खटाइयो

चीनमा भएको विस्फोटको अध्ययनका लागि दुई सय सैनिक खटाइयो

Written By Unknown on Friday, August 14, 2015 | 4:50 AM


श्रावण २९ 
चीनको उत्तरी थियान्चिन सहरमा रासायनिक सामान राखेको एक गोदाममा विस्फोट हुँदा ५० जना मारिएको घटना अध्ययन गर्न दुई सयजना सैनिक विशेषज्ञ टोली पठाइएको छ । स्थल सैन्य टोलीले उक्त क्षेत्रको सफाइ् पनि गर्ने छन् । विस्फोटबाट तीन हजार पाँच सय मानिस घरबारविहीन भएका छन् । विस्फोटमा सात सयभन्दा बढी घाइते भएका छन् । खतरनाक तथा रासायनिक सामान भन्डारण गरिएको भवनमा भएको विस्फोटको कारण अझै पत्तो लाग्न सकेको छैन । घटनाको २४ घन्टासम्म पनि उद्धार र आगो नियन्त्रण गर्न उद्धार टोलीलाई गाह्रो परेको चिनियाँ समाचार संस्था ‘सिन्ह्वा’ले जनाएको छ । सोडियम साइनाइड र टोलुइन डायसोसाएनेट जस्तो खतरनाक रासायन राखिएको गोदाममा विस्फोट हुँदा यो क्षति भएको हो । विस्फोटको कारण दुई किलोमिटर वरपरको क्षेत्रका भवन र सवारी साधन ध्वस्त भएका छन् । विस्फोटको धक्का कैयौं किलोमिटर परसम्म महसुस गरिएको थियो । घटनाको निष्पक्ष जाँच गरिने चिनियाँ प्रधानमन्त्री ली खछियाङले विश्वास दिलाएका छन् । १७ जना दमकलकर्मी मारिएको उक्त घटनामा अझै थुप्रै व्यक्ति बेपत्ता रहेको बताइएको छ ।


Share this article :

Post a Comment

 
Relation FM: Run By | Relation Prasaran Pvt. Ltd.
Copyright © 2011. Relation FM 88 MHz - All Rights Reserved
Hosted by: Mero Server International
Web Design By: Rijan KC