श्रावण २९

इराकमा सक्रिय इस्लामिक अतिवादी संगठन ‘आइएस’ले रासायनिक हतियार प्रयोग गरिरहेको खुलासा भएको छ । इराकमा कुर्द सेनाविरुद्ध आइएस कार्यकर्ताले रासायनिक हतियारको प्रयोग गरिरहेको अमेरिकी पत्रिका ‘वाल स्ट्रिट जनरल’ले खुलासा गरेको हो । यसअघि, आइएसले क्लोरिन ग्याँसको प्रयोग गर्ने गरेको थियो । वाल स्ट्रिटमा समाचार प्रकाशन भएलगत्तै अमेरिकी रक्षा मन्त्रालयले यसबारे अनुसन्धान थाल्ने जनाएको छ । रक्षा मन्त्रालयले वक्तव्य निकाली अनुसन्धान थाल्ने जनाएको हो । यसअघि, सिरियाली सरकारले आइएसको रासायनिक हतियार सबै नस्ट गरिसकेको दाबी गरेको थियो । इराकमा सक्रिय आइएसको आक्रमणमा सयौं मारिइसकेका छन् ।
Post a Comment