Home » » ‘गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता र समानुपातिक समावेशी लोकतन्त्र नै नयाँ संविधानको चार खम्बा’

‘गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता र समानुपातिक समावेशी लोकतन्त्र नै नयाँ संविधानको चार खम्बा’

Written By Unknown on Saturday, August 15, 2015 | 12:52 AM


श्रावण ३० 
संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिका सभापति तथा एमाओवादीका वरिष्ठ नेता डा। बाबुराम भट्टराईले गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता र समानुपातिक समावेसी लोकतन्त्र नै नयाँ संविधानका चार आधारभूत खम्बा भएको बताएका छन् । उनले शनिबार आफ्नो फेसबुक पेजमार्फत शुक्रबार बसेको विशेष समिति बैठकले संविधानको मस्यौदामा थपघट र परिमार्जन गर्नुपर्ने विषयको सूची तयार गरेकोसमेत जनाएका छन् ।उनले लेखेका छन्, ‘हिजो बसेको विशेष समिति (सुशील कोइराला, केपी शर्मा ओली, प्रचण्ड, विजय गच्छदार, बाबुराम भट्टराई) र मस्यौदा समितिका सभापति (कृष्णप्रसाद सिटौला) को संयुक्त बैठकले संविधानको मस्यौदामा थपघटरपरिमार्जन गर्नुपर्ने विषयको सूची तयार गरेकोछ । आज बस्ने बैठकमा सूचीमा आवश्यक थपघट गरेर विषयवस्तुको टुंगो लगाउने प्रयत्न गरिनेछ ।’ विभिन्न क्षेत्रका जनता र सरोकारवालाहरुका जायज सुझावरमागहरुलाई सम्वोधन गर्ने अधिकतम प्रयत्न गरिने पनि उनले जनाएका छन् । उनले लेखेका छन्, ‘स्मरण रहोस्, अहिलेका संविधान निर्माता जनप्रतिनिधि हामी सबै आन्दोलनकारी नै हौं । संविधान अधिकतम लोकतान्त्रिक, अग्रगामी र प्रगतिशील बनोस् भन्ने हामी सबैको चाहना र प्रयत्न छ ।’ गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता र समानुपातिक समावेसी लोकतन्त्र हाम्रा संयुक्त आन्दोलनका साझा उपलब्धी भएको प्रष्ट पार्दै उनले लेखेका छन्, ‘यी नै नयाँ संविधानका चार आधारभूत खम्बा हुन् ।’ यी चार खम्बामा ठडिएको संविधानमा भोलि जति तला थप्दै गए पनि हुने उनको भनाई छ । ‘तर एउटा खम्बा ढल्यो वा कमजोर भयो भने कति खतरनाक हुँदो रहेछ भन्ने हालैको महाभूकम्पबाट हामी सबैले भोगेकै छौं,’ उनले फेसबुकमा लेखेका छन् । उनले यो सम्झौताको संविधान भएकाले सबै पक्ष सबै कुरामा सन्तुष्ट हुन सकिन्न भन्ने पनि हेक्का राख्न आग्रह गरेका छन् । ‘भूइँको टिप्न खोज्दा पोल्टाको समेत खस्न सक्छ भन्ने विगत २०६९ जेठ २ गतेको तीतो अनुभव पनि नबिर्सौं,’ उनले भनेका छन् ।

Share this article :

Post a Comment

 
Relation FM: Run By | Relation Prasaran Pvt. Ltd.
Copyright © 2011. Relation FM 88 MHz - All Rights Reserved
Hosted by: Mero Server International
Web Design By: Rijan KC