श्रावण ३०

प्रधानमन्त्री सुशील कोइरालाले संविधानसभाबाट संविधान जारी गर्ने अन्तिम अवसर प्राप्त भएकोले यस अवसरलाई कुनै हालतमा गुमाउन नहुने बताएका छन् । कांग्रेस केन्द्रीय सदस्य गुरुराज घिमिरे लिखित ‘बन्दी जीवनका अनुभूतिहरु’ नामक पुस्तक विमोचन गर्दै प्रधानमन्त्री कोइरालाले अहिले देशका विभिन्न स्थानमा भएको आन्दोलनले प्राप्त उपलब्धी गुम्न सक्ने भन्दै शान्तिपूर्ण ढंगले समस्याको समाधान गर्नतर्फ लाग्न आन्दोलनरत पक्षसँग आग्रह गरे । उनले अब आन्दोलनको आवश्यकता नरहेको भन्दै नेपालको उज्जल भविष्यतर्फ एकजुट हुन सबैमा अपील गरे । मुलुकमा शान्ति र स्थायित्व कायम गरि तीब्र गतिमा विकास गर्नका लागि सबै दल एक हुन पर्नेमा जोड दिदैं उनले संविधान निर्माणको काम अन्तिम चरणमा पुगेकाले अब कसैले रोक्न नसक्ने बताए । घिमिरेद्वारा लिखित पुस्तक ‘बन्दी जीवनका अनुभूतिहरु’मा नेतृत्व वर्गमा देखिएको सत्तालिप्साले मुलुकमा हुनसक्ने प्रभावको उल्लेख छ ।
Post a Comment